फिल्म ‘प्रवासी जीवन’ मा समावेश ‘ढल्दा लागेको घाउ’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सौरभ तिम्सिनाको शब्दमा गायक प्रमोद खरेलको स्वर सुन्न सकिन्छ। गीतमा नबिन कार्कीले संगीत भरेका छन्।
प्रवासी जीवनका कथावस्तुमा आधारित यो गीतले प्रवासीको पीडा, संघर्ष र भावनात्मक अनुभूति प्रस्तुत गरेको बताइएको छ। आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्ममा नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा रहेको छ ।
गीतको भिडिओको सिनेम्याटोग्राफी अमृत बिस्वाले गरेका छन् भने सम्पादन राम अधिकारीको छ। लक्ष्मण अधिकारी सहायक निर्देशक र देवी खतिवडा मेकअप आर्टिस्ट रहेका छन् ।
यस फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीको महत्वपूर्ण भूमिका छ। फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।
Shares

प्रतिक्रिया