खेल


धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु

धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु

नेपालखबर
फागुन ११, २०८२ सोमबार १४:३३, काठमाडौँ

धनगढीबाट ‘च्याम्पियन्स-३६: ग्रासरुट टू ग्लोरी’ अभियान सुरु भएको छ। गो ड्रिमर्सले आगामी सन् २०३६ मा टी-२० विश्वकप क्रिकेट उपाधि उचाल्ने खेलाडी तयार गर्ने लक्ष्य राखेर अभियान सुरु गरेको जनाएको छ। 

सुरुवाती चरणमा गो ड्रिमर्स र ऐश्वर्य विद्या निकेतनबीच १० वर्षे रणनीतिक सहकार्यको सम्झौता भएको छ। ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्त र गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै अभियानको सुरुवात गरेका छन्। 

‘यो अभियानले आधारभूत तहबाटै प्रतिभाशाली युवा क्रिकेट खेलाडी उत्पादन गरी सन् २०३६ सम्म नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र विश्वस्तरीय टोलीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको शाहीले बताए। यसलाई देशभरि नै अभियानका रुपमा सञ्चालन गरिने उनको भनाइ छ। 

अभियानअन्तर्गत विद्यालय तथा समुदायस्तरबाट क्रिकेट प्रतिभा खोजी तथा छनोट प्रक्रिया सुरु गरिने जनाइएको छ। नियमित ट्रायल, अन्तरविद्यालय प्रतियोगिता तथा विशेष छनोट कार्यक्रममार्फत सम्भावना भएका खेलाडी पहिचान गरिनेछ। 

छनोट भएका खेलाडीलाई व्यवस्थित र व्यावसायिक प्रशिक्षण प्रदान गरिनेछ। जसमा नेपाल क्रिकेट संघबाट विभिन्न स्तर पार गरेका प्रशिक्षक तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीको सहभागिता रहने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad