शाहिद कपुरको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘ओ रोमियो’ ले राम्रै व्यापार गरिरहेको छ। गत शुक्रबार रिलिज भएको फिल्मले ६ दिनमा घरेलु बक्सअफिसमा ४३ करोड ८५ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको छ।
विश्वभर भने फिल्मको कमाइ ६७ करोड १५ ला भारु पुगेको छ। विशाल भारद्वाजको निर्देशन रहेको दर्शक तथा समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।
यस ‘ग्याङस्टर रोमान्टिक ड्रामा’ मा फिल्ममा शाहिद कपुर ‘हुसेन उस्तरा’को भूमिकामा छन्। फिल्ममा शाहिदसहित विक्रान्त मेस्सी, तृप्ति डिमरी र तमन्ना भाटियाको पनि मुख्य भूमिका छ।
यो फिल्म शनाया कपूर र आदर्श गौरव अभितीत ‘तू या मैं’ सँगै रिलिज भएको थियो। जुन फिल्म भने बक्स अफिसमा कमजोर देखिएको छ। रिपोर्ट अनुसार यस फिल्मले जम्मा ५ करोड ३२ लाख भारू कमाएको छ।
87
Shares

प्रतिक्रिया