कोशी


विराटनगरबाट काठमाडौँतर्फ उडेको केही बेरमै बुद्ध एयरको जहाज आपत्‌कालीन अवतरण

विराटनगरबाट काठमाडौँतर्फ उडेको केही बेरमै बुद्ध एयरको जहाज आपत्‌कालीन अवतरण

फाइल तस्बिर : बुद्ध एयरको जहाज


नेपालखबर
फागुन ७, २०८२ बिहिबार १०:५९, काठमाडौँ

बुधबार बेलुका विराटनगर विमानस्थलबाट ३० जना बोकेर काठमाडौँ उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आपत्‌कालीन अवतरण (इमर्जेन्सी ल्यान्डिङ) गरिएको छ।

बुद्ध एयरको उडान नम्बर '७१४' (अल्फा नोभेम्बर क्युबेक) को जहाज उडेको केही समयमै प्राविधिक गडबडी देखिएपछि पुनः विराटनगर नै फर्काएर अवतरण गरिएको हो। 

​विमानस्थल स्रोतका अनुसार उडेको २३ मिनेटपछि क्याप्टेनले जहाजमा समस्या महसुस गरेपछि विराटनगरमा आपत्‌कालीन अवतरण गराइएको हो। 

प्राविधिक समस्या देखिएपछि केही समय विराटनगर आसपासकै आकाशमा 'होल्ड' गरेर जहाजलाई सुरक्षित रूपमा अवतरण गराइएको बुद्ध एयरले जनाएको छ।

क्याप्टेनले आफ्नै स्वविवेक र सुरक्षा अवस्थाको मूल्यांकन गर्दै 'इमर्जेन्सी डिक्लेयर' गरे पनि जहाजलाई एकल इन्जिनकै सहायतामा सामान्य अवस्थामा झैँ अवतरण गराइएको जनाइएको छ। ​जहाज अवतरण गर्दा सुरक्षाका सबै मापदण्ड अपनाइएको थियो।

घटनापछि ३० यात्रीमध्ये चार जनाले ढिलो भएको भन्दै यात्रा रद्द गरे भने बाँकी २६ जनालाई बुद्ध एयरकै अर्को जहाजमार्फत साँझ नै काठमाडौँ पठाइएको थियाे।

प्राविधिक छानबिनका लागि काठमाडौँबाट अनुसन्धान टोली विराटनगर आइपुग्ने तयारीमा छ।

​अहिले उक्त जहाजको प्राविधिक पक्षबारे विस्तृत अध्ययन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad