कला


सलमान खानका बुवा बिरामी, आईसीयूमा उपचार गरिँदै

सलमान खानका बुवा बिरामी, आईसीयूमा उपचार गरिँदै

बुवाका साथ सलमान खान (फाइल फोटो)


नेपालखबर
फागुन ५, २०८२ मंगलबार १५:१८, काठमाडौँ

पटकथा लेखक तथा अभिनेता सलमान खानका ९० वर्षीय बुबा सलिम खानलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।

बीबीसी हिन्दीका अनुसार सलिम खानलाई आईसीयूमा भर्ना गरिएको छ। 

सलिम खानका साथ छोरी अलविरा, अलविराका छोरा अयान र ज्वाइँ आयुष शर्मा (छोरी अर्पिताका पति) अस्पतालमा छन्।

७० र ८० को दशकमा सलिम खानले जावेद अख्तरसँग अन्दाज, हाथी मेरे साथी, सीता और गीता, यादोँ की बारात, जन्जीर, हाथ की सफाइ, शोले, दीवार, चाचा भटिजा, त्रिशूल, डोन, काला पत्थर, शरण, दोहोरोजस्ता फिल्मका लागि कथा लेखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad