चेक बाउन्स मुद्दामा दिल्ली उच्च अदालतको आदेशपछि बलिउड अभिनेता राजपाल यादवले बिहीबार जेलमा आत्मसमर्पण गरे। उनको जमानत याचिकाको सुनुवाइ आज हुनेछ।
आत्मसमर्पण गरेपछि हाल रामपाल तिहाड जेलमा कैद छन्। र, उनी आर्थिक कठिनाइको सामना गरिरहेका छन्।
यति ठूलो रकम तिर्न पर्याप्त पैसा छैन। सलमान खान, सोनु सूद, अजय देवगन र मिका सिंह लगायत धेरै बलिउड स्टारहरू उनलाई सहयोग गर्न अगाडि आएका छन्।
यसैबीच, राजपाल यादवकी श्रीमती राधा यादवले कृतज्ञता व्यक्त गरेकी छिन्। समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै राधाले भनिन्, ‘सबैले उनलाई समर्थन गरेका छन्। उद्योगले धेरै सहयोग गरेको छ। सहयोग गर्न अगाडि आउनुहुने सबैलाई धेरै धेरै धन्यवाद।’
रामपाललाई सहयोग गर्ने सोनु सुद पहिलो व्यक्ति थिए। उनले एक्स र इन्स्टाग्राम स्टोरीमा रामपाल प्रतिभाशाली अभिनेता भएको उल्लेख गर्दै आफू सहयोग गर्नेबारे बताएका थिए।
द स्क्रिनसँग कुरा गर्दै राजपाल यादवका प्रबन्धक गोल्डीका अनुसार बुधबार सलमान खान, अजय देवगन, वरुण धवन र डेभिड धवन लगायत धेरै सेलिब्रेटीहरूले उनलाई सम्पर्क गरेर आर्थिक सहयोगको प्रस्ताव गरेका थिए। रतन नैन र वरुण धवन लगायत धेरै व्यक्तिहरू अगाडि आएका छन्। गायक मिका सिंहले पनि राजपाल यादवलाई ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
चलचित्र महासंघले पनि निर्माताहरूलाई राजपाल यादवलाई सकेसम्म चाँडो सहयोग गर्न अपील गरेको छ।
किन जेलमा छन् अभिनेता रामपाल?
सन् २०१० मा राजपाल यादवले ‘अता पता लपता’ फिल्म निर्माण गर्न मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए। तर, यो फिल्म बक्सअफिसमा असफल भयो, जसले गर्दा यादवले आर्थिक कठिनाइको सामना गर्नु पर्यो। उनले समयमै ऋण तिर्न सकेनन्। ऋण प्राप्त गर्दा उनले कम्पनीलाई प्रस्तुत गरेका चेकहरू बाउन्स भए। जसले गर्दा अभिनेता विरुद्ध उजुरी पर्यो।
दुई पक्षहरू बीचको सम्झौताको बाबजुद पनि, पूर्ण भुक्तानी गरिएन्। र, समयसँगै ब्याज जम्मा भयो, जसले गर्दा कुल ऋण उल्लेखनीय रूपमा बढ्यो। सन् २०१८ मा, दिल्लीको कड़कड़डूमा अदालतले राजपाल यादवलाई दोषी ठहर गर्दै छ महिनाको जेल सजाय सुनाएको थियो। पछि उनले उच्च अदालतमा अपील गरे, जहाँ उनले भुक्तानी र सम्झौताको वाचा गरेपछि राहत पाएका थिए।
Shares

प्रतिक्रिया