फिल्म ‘फ्रेन्च किस’मा अभिनेत्री रेखा थापाको प्रवेश भएको छ। छायांकनरत चलचित्रको निर्माणपक्षले अभिनेत्री रेखालाई फिल्ममा अनुबन्ध गरेको हो।
यस फिल्मको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको छ। नयाँ पुस्ताको लभ स्टोरी ‘फ्रेन्च किस’मा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी निर्माता सौगात बस्नेतले उनको इन्ट्रीसँगै चलचित्र थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास व्यक्त गरे ।
निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वाद अनुसार बनाउने भन्दै दर्शकले आधुनिक प्रेमकथा हेर्न पाउने जाकारी दिएको छ।
यस फिल्ममा अर्पणसहित ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा छिन्। फिल्ममा गौरी मल्लको पनि अभिनय रहेको छ।
सौगात बस्नेत कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्माता सुभाष बी. शाही हुन्। सुदीप बरालको सिनेमेटोग्राफी रहेको चलचित्रमा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ ।
रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पब्लिसिटी डिजाइनको जिम्मा लिएको फिल्मलाई सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने योजना छ।
48
Shares

प्रतिक्रिया