फिल्म ‘लालीबजार’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले आगामी वर्ष २०८३ वैशाख १८ गतेलाई प्रदर्शन मिति तय गर्दै टिजर सार्वजनिक गरेको हो।
सार्वजानिक टिजरमा फिल्मको मुख्य पात्रलाई समेटेर फिल्मको कथावस्तुबारे प्रस्ट पारिएको छ। टिजरमा मुख्य कलाकार स्वस्तिमा खड्कालाई यौनकर्मीको भूमिकामा देखिएकी छिन्।
यस फिल्मको छायांकन बर्दियाको राजापुरमा गरिएको हो। यस फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ ।
षट्कोण आर्टसको निर्माणमा बनेको यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्।
अभिनेत्री खड्काको नियमित भन्दा फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढिरहेको छ । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।
Shares

प्रतिक्रिया