कला


सुरू भयो १७औँ ‘राष्ट्रिय बाल नाटक महोत्सव’

सुरू भयो १७औँ ‘राष्ट्रिय बाल नाटक महोत्सव’

नेपालखबर
माघ २७, २०८२ मंगलबार १६:०, काठमाडौँ

‘राष्ट्रिय बाल नाटक महोत्सव’ को १७ औँ संस्करण सुरू भएको छ। शैली थिएटर रूसी सदन काठमाडौँ र ओजस थिएटरको आयोजनामा एक हप्ता लामो महोत्सवको सोमबार समुद्घाटन गरिएको हो। 

कार्यक्रमका प्रमुख अतिथि कवि, नाटककार साहित्यकार एलबि क्षेत्रीले नाटक विधालाई महत्त्वपूर्ण रूपमा लिनु आवश्यक रहेको बताए।उनले नाटकको विधा नै यस्तो हो जस्ले सधैं जीवन्तता प्रदान गर्ने बताउदैँ सशक्त र अनुकरणीय भूमिका निर्वाह गरिरहेको सुनाए। 

नाटकका पात्रहरू सधैं जिवित रहने भएकाले बाल नाटकलाई  शिक्षाको स-शक्त माध्यमका रूपमा प्रस्तुत गर्नुपर्ने बताउँदै बालबालिकाले मञ्चलाई आफ्नो सपना प्रस्तुत गर्ने लक्ष्य राख्नु आवश्यक रहेको बताए।

बाल नाटक महोत्सवका संयोजक महेश पौडेलले, सरकारी निकायले नाटक विधालाई महत्त्वपूर्ण रूपमा नहेरे सम्म यस्को विकास नहुने सुनाए। उनले जीवन्त विषयवस्तुलाई वस्तुनिष्ठताका आधारमा जबसम्म नियालिदैन तबसम्म यस्को वृद्धि विकास हुनेमा शंका रहेको बताए। 

त्यस्तै, रूसी सदन काठमाडौँका डिरेक्टर अनास्थासिया खोकोलोभाले, यो वर्षका लागि नाटक महोत्सव निकै अर्थपूर्ण रहेको बताउँदै, नेपाल र रसियाको कुटनैतिक सम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको सन्दर्भले झनै महत्त्वपूर्ण बनाएको बताइन्।

उनले, अब आउने वर्षहरूमा पनि यस्तै कार्यक्रम निरन्तर हुने बताउदैँ उनले। नाटक महोत्सवले निकै वर्षदेखि यो परियोजनालाई जिवन्तता दिने बताइन्।

त्यस्तै, कार्यक्रममा शान्तदास मानन्धर पुरस्कार राम बाबु सुवेदीलाई प्रदान गरिएको थियो। 

महोत्सवमा १८ वटा नाटकहरू प्रस्तुत हुनेछन्। नगद सहित ट्रफी र पुरस्कारहरू दिइनेछ। महोत्सव आगामी फागुन २ गतेसम्म सञ्चालन हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad