हङकङको एक होटलमा खाना खाएका ८ जना बिरामी

हङकङको एक होटलमा खाना खाएका ८ जना बिरामी

मन्डारिन ओरिएन्टलको क्लिपर लाउन्जमा खाना खाएपछि आठ जना बिरामी परेका थिए (एससीएमपी)


नेपालखबर
माघ २७, २०८२ मंगलबार १५:३, हङकङ

हङकङको मन्डारिन ओरिएन्टल होटलमा खाना खाएका आठ जना बिरामी परेका छन्।

कनट रोड सेन्ट्रलमा रहेको होटलको क्लिपर लाउन्जमा जनवरी ३१ र फेब्रुअरी २ मा खाना खाएका दुई समूह बिरामी परेका हुन्। उनीहरूलाई खाना खाएको २५ देखि ७५ घण्टाको बीचमा पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने तथा ज्वरो आएको थियो। पीडित ग्राहकमा पाँच पुरुष र तीन महिला छन्।

होटलमा खाना खाएपछि आफूहरूलाई माथि उल्लेखित समस्या देखिएको रिपोर्ट लिएर सेन्टर फर हेल्थ प्रोटेक्सनको सल्लाह लिन पुगेका उनीहरूको प्रारम्भिक अनुसन्धानमा दुई जनाले र-ओइस्टर, साल्मन साशिमी, क्य्राब्स लेग र ब्राउन क्र्याब खाएको पाइएको थियो।

उनीहरूले बताएको विवरणअनुसार अधिकारीहरूले नपाकेको खानाका कारण समस्या निम्तिएको आशंका गरेका छन्। यद्यपि, अनुसन्धान जारी रहेको प्रोटेक्सन केन्द्रले जनाएको छ।

यो सँगै पछिल्ला हप्ता खाद्य विषाक्तताका घटना बढिरहेको पनि केन्द्रले भनेको छ। मध्य जनवरीदेखि हालसम्म ३७ वटा खाद्य विषाक्तका केस केन्द्रमा दर्तामा भएका छन् भने यी मध्ये ३३ मामिलामा (१०१ व्यक्ति)मा नोरोभाइरस जोडिएको छ।

साथै, केन्द्रको एपिडेमियोलोजिकल खोजले नोरोभाइरसबाट प्रभावित सबैले इन्क्युवेसन अवधिमा र-ओइस्टर खाएको देखिएको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .