कला


हलमा प्रदर्शनरत फिल्म ‘कुमारी’ले कस्तो पाइरहेको छ प्रतिक्रिया?

हलमा प्रदर्शनरत फिल्म ‘कुमारी’ले कस्तो पाइरहेको छ प्रतिक्रिया?

नेपालखबर
माघ २६, २०८२ सोमबार १२:१०, काठमाडौँ

दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’  ले समीक्षक तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। विशेषगरी प्रेम कथा, मौलिक कथावस्तु र सांस्कृतिक पक्षको खुलेर तारिफ भइरहेको छ। 

चलचित्रले सामाजिक संस्कार, परम्परा र संस्कृतिलाई पनि पर्दामा निकै सुन्दर र कलात्मक ढङ्गले प्रस्तुत गरेको समीक्षकहरूले मन पराएका छन्। समीक्षकहरूका अनुसार, चलचित्रको मुख्य सबल पक्ष नै यसको कथा वाचन शैली हो। यसले महिलाहरूको कुमारित्वको महत्त्व र त्यससँग जोडिएको पारिवारिक, सामाजिक तथा मनोवैज्ञानिक पाटोलाई गहिराइमा गएर उजागर गरेको छ।

परम्परागत ढाँचाका लभ-स्टोरीभन्दा पृथक शैली अपनाउँदै, प्रेम र समाजमा अन्तरनिहित महिला संवेदनालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको समीक्षकहरूको बुझाइ छ।

यस फिल्ममा अभिषेक खड्का, आकृति राजभण्डारी, मधु खड्का लगायतका कलाकारहरूको अभिनयको प्रशंसा भइरहेको छ। युवा पुस्ताको रोजाइ र अपेक्षालाई सम्बोधन गर्न सफल भएकाले हलमा युवा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। फिल्मका कलाकारहरु दर्शक भेट्न हल हल पुगिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad