हङकङको एक अदालतले राष्ट्रिय सुरक्षा अपराधमा लोकतन्त्र समर्थक उद्योगपति जिमी लाइलाई २० वर्षको जेल सजाय सुनाएको छ।
बीबीसीका अनुसार बेलायती राहदानी राखेका जिमी लाइलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत विदेशी सेनासँग षड्यन्त्र गरेको दुई मुद्दा लगाइएको थियो।
साथै औपनिवेशिक युगको छुट्टै कानुनअन्तर्गत उनले आफ्नो एप्पल डेली पत्रिकामा देशद्रोहपूर्ण सामग्री प्रकाशन गरेको अभियोग पनि उनले सामना गर्नुपरेको थियो। हाल एप्पल डेली पत्रिका बन्द गरिएको छ।
उनी ठगी र गैरकानुनी जमघटमा भाग लिएको कसुरमा पहिलेदेखि जेलमा छन्।
यद्यपि जिमी लाइले सबै आरोप अस्वीकार गरेका छन्।
कतिपयले लाइलाई ‘नायक’ मान्छन् भने कतिपयले उनलाई ‘देशद्रोही’ भन्छन्।
लाइको परिवारले जेलमा उनको स्वास्थ्य बिग्रिँदै गएको भन्दै बारम्बार चिन्ता व्यक्त गरिरहेको छ।
तर अधिकारीहरूले उनको स्वास्थ्य राम्रो र अधिकार पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरिरहेका छन्।
Shares

प्रतिक्रिया