आज सिनेमाहलमा एक विदेशी फिल्मसहित दुई नेपाली फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्म ‘आ बाट आमा’, ‘द ब्लु लाइट’ र हलिउड फिल्म ‘प्राइमेट’ हलमा लागेका हुन्।
चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ भावनात्मक पारिवारिक कथामा आधारित फिल्म हो। यसले आमाछोराबीचको गहिरो सम्बन्ध र त्यसमा जोडिने पीडा, माया र त्यागको कथा भन्छ।
यस फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारको अभिनय छ। फिल्मको रनटाइम २ घण्टा ४० मिनेट छ। यस फिल्मले शुक्रबार देशब्यापी १५३ वटा शो पाएको छ।
बेनिशा हमालको मुख्य भूमिका रहेको ‘द ब्लु लाइट’ मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको फिल्म हो। मानसिक स्वास्थ्य, एक्लोपन र मनोवैज्ञानिक द्वन्द्वलाई यसको कथाको केन्द्रमा राखिएको बताइएको छ।
बलिराम चौहान निर्देशित फिल्ममा बेनिशासहित अर्पण थापा, महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, आयुष्मान जोशी, सुरक्षा इटानीलगायत कलाकारको अभिनय छ। पीजी सर्टिफिकेट प्राप्त फिल्मको रनटाइम १ घण्टा ४१ मिनेट छ। यस फिल्मले पहिलो दिन देशभर ७२ शो पाएको छ।
जोन्स रोबर्ट्स निर्देशित हलिउड फिल्म ‘प्राइमेट’ हरर जनरामा बनेको हो। यस फिल्मले देशब्यापी ४५ शोज पाएको छ। फिल्मको रनटाइम ८९ मिनेट र सर्टिफिकेट ‘एडल्ट’ छ। य
स फिल्ममा जनी सिक्वोइया, जेस अलेक्जेन्डर र ट्रोय कोत्सुर प्रमुख भूमिकामा छन्। फिल्ममा डर, सस्पेन्स र बाँच्ने संघर्षलाई केन्द्रमा राखिएको छ।
Shares

प्रतिक्रिया