कला


मन्त्रालयको निर्देशनपछि ‘धुरन्धर’ को संवाद र दृश्यमा गरियो परिवर्तन, सम्पादित संस्करण हलमा

मन्त्रालयको निर्देशनपछि ‘धुरन्धर’ को संवाद र दृश्यमा गरियो परिवर्तन,  सम्पादित संस्करण हलमा

नेपालखबर
पुस १७, २०८२ बिहिबार १८:५, काठमाडौँ

रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ रिलिज भएको झण्डै एकमहिना भइसकेको छ। अझै पनि फिल्मले बक्सअफिसमा बलियो पकड कायमै छ। यद्यपि, अब फिल्ममा केही परिवर्तनहरू गरिएको छ।

सूचना तथा प्रसारण मन्त्रालयको निर्देशनपछि यी परिवर्तनहरू गरिएको हो। मन्त्रालयले फिल्ममा दुई शब्द म्यूट गर्न र एउटा संवाद परिवर्तन गर्न भनेको थियो। नयाँ सम्पादित संस्करण जनवरी १ अर्थात् आजदेखि विश्वभरका थिएटरहरूमा प्रदर्शन भएको छ।

‘देशभरका सिनेमा घरहरूले डिसेम्बर ३१ मा वितरकबाट एउटा इमेल प्राप्त गरे, जसमा उनीहरूलाई फिल्मको डीसीपी परिवर्तन गरिरहेको जानकारी दिइएको थियो,’बलिउड हंगामाले स्रोतलाई उल्लेख गर्दै लेखेको छ।  

यो परिवर्तनको कारण सूचना तथा प्रसारण मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार फिल्म निर्माताहरूले फिल्ममा दुई शब्दहरू म्यूट गरेका छन् र एउटा संवाद परिवर्तन गरेका छन्। स्रोतले यो पनि भन्यो कि म्यूट गरिएका शब्दहरू मध्ये एकमा बलुच शब्द समावेश थियो।

यस फिल्मले हालसम्म विश्वभर ११ सय २८ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ। सन् २०२५ कै सर्वाधिक कमाइ गर्ने यस फिल्मले भारतीय बक्स अफिसमा साढे सात करोड भारु कलेक्सन गरिसकेको छ।

आदित्य धर निर्देशित यो फिल्म डिसेम्बर ५ मा विश्वव्यापी रूपमा रिलिज भएको थियो। फिल्ममा रणवीरसहित अक्षय खन्ना, अर्जुन रामपाल, आर. माधवन, संजय दत्त, राकेश बेदी  लगायतको अभिनय छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad