कला


स्वस्तिमासहितको नेपाली चलचित्र टोलीद्वारा चिनियाँ चलचित्र अनुसन्धान केन्द्रको अवलोकन

स्वस्तिमासहितको नेपाली चलचित्र टोलीद्वारा चिनियाँ चलचित्र अनुसन्धान केन्द्रको अवलोकन

नेपालखबर
पुस १२, २०८२ शनिबार १९:२३, काठमाडौँ

नेपाली चलचित्र टोलीले चीनको चलचित्रसम्बन्धी आधिकारिक अभिलेख, अनुसन्धान र कलासम्बन्धी अध्ययन गर्ने संस्था चीन चलचित्र अभिलेखालय, चीन चलचित्र कला अनुसन्धान केन्द्र र कला एकेडेमी अवलोकन गरेको छ।

चाइना अन्तर महादेशीय सञ्चार केन्द्रको आयोजनामा चीन पुगेको नेपाली चलचित्र टोलीमा रहेकी अभिनेत्री स्वस्तिमा खड्काले अवलोकन भ्रमण र छलफल अर्थपूर्ण र फलदायी भएको बताइन्।

‘नेपालमा चिनियाँ फिल्महरूलाई न्यानो स्वागत र प्रशंसा गरिएझैँ हामीले चिनियाँ फिल्म महोत्सव र सांस्कृतिक प्लाटफर्महरूमा प्रदर्शन हुने क्लासिक र समकालीन दुवै नेपाली फिल्महरू हेर्न पाउने आशा पनि राख्यौँ’, अभिनेत्री खड्काले भनिन्।

अभिनेत्री खड्काले चिनियाँ महोत्सवमा नेपाली फिल्महरू हेर्न पाउनु महत्त्वपूर्ण विषय भएको बताइन्। नेपाली र चिनिया सिनेमा मार्फत सांस्कृतिक आदानप्रदानका लागि अवलोकन सकारात्मक भएको उनले बताइन्।

भ्रमण टोलीमा रहेका फिल्म समीक्षक समाजका उपाध्यक्ष अनिल यादवले चीनलगायत धेरै देशको तुलनामा नेपाली फिल्म उद्योग सानो भए पनि अविश्वसनीय रूपमा प्रतिभाशाली फिल्म निर्माताका कारण प्रभावकारी सिनेमा सिर्जना गर्न निरन्तर प्रयासरत रहेको बताए।

उनले धेरै नेपाली फिल्महरू कान्स, बुसानलगायतका अन्तर्राष्ट्रिय फिल्म महोत्सव र अन्य धेरै प्रतिष्ठित विश्वव्यापी महोत्सवमा छनोट भएको सुनाए। अवलोकन भ्रमणमा खड्का र यादवसँगै चलचित्र फोटोग्राफर सुरज धामी पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad