राप्रपा र राप्रपा नेपालबीच यही पुस १६ गते पार्टी एकताको औपचारिक घोषणा हुँदैछ। यही पुस ९ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग गला मिलाउँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेको र पार्टी फुटाएको भाव व्यक्त गरेनन् बरु उत्साही देखिए। उनै थापाले त्यो उत्साह पोखरा रंगशालाको टेनिस कोर्टमा पनि देखाए।
शनिबार भएको ३५ वर्ष माथिको एकलतर्फ सञ्जय प्रसाद श्रेष्ठले लक्ष्मण तामाङलाई अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ६-४, ३-६ र सुपटटाइमा १०-५ ले पराजित गरेका छन्। त्यस्तै, विकास खड्काले नवराज शर्मालाई ६-१, ६-१ ले, पेमा नोर्बुले श्रीजन सिंहलाई ६-०, ६-१ ले, दावा शेर्पाले माधवसिंह बिष्टलाई ६-०, ६-० ले,सोम राणाले सबिन श्रेष्ठलाई ६-१, ६-३ ले, सुजन श्रेष्ठले निरज रेग्मीलाई ६-३, ७-६ ले, सन्तोष खत्रीले भीमबहादुर मगरलाई ६-३ , ६-३ ले, अनिल शाहीले गगन महर्जनलाई ६-१, ६-१ ले पराजित गरेका छन्।
४५ वर्ष माथिको एकलतर्फ अमित गुरुङले रामबहादुर बिकमाथि ६-२, १-६ र सुपरटाईमा १०-६ को कठिन सेटमा जित निकाले। त्यस्तै, कमल भण्डारीले भिष्मराज पौडेललाई ६-३, ६-४ ले, सन्दुक के। लामाले प्रकाश बस्नेतलाई ६-४, ६-२ ले, केबी लामाले जिनमान किमलाई ६-२, ६-१ ले, देव क्षेत्रीले शरण गुरुङलाई ६-०, ६-१ ले, निरज थापाले मनोज कुमार श्रेष्ठलाई ६-१, ७-५ ले, रोहित सुनुवारले आशिष सिग्देललाई ६-१, ६-० ले, सेजार गुरुङले राज गुरुङलाई ७-६, ६-० ले, अमित गुरुङले हेमराज ढकाललाई ६-४, ६-५ ले पराजित गरे।
५५ वर्षमाथिको मेन्स सिङ्गलमा जितेन्द्र प्रधानले उत्तम बोगटीलाई, महेन्द्र थापाले जितेन्द्र खड्कालाई राजकुमार गुरुङले हर्क बहादुर गुरुङलाई जीवन घिमिरेले करिमुल्ला मुस्लिमलाई, उत्तम कुमार लामाले समीर शेरचनलाई, अनु जोनले सुनिल गुरुङलाई, बिमल के गुरुङले संजय झालाई, बिदुर बिष्टले धीरबहादुर गुरुङलाई पराजित गरेका छन्।
४५ वर्ष माथिको मेन्स डबलमा गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीलाई नविन चालिसे र निरज थापाको जोडीले तथा भिष्मराज पौडेल र लोक गुरुङको जोडीलाई रोहित सुनुवार र जोली तार्गेनको जोडीले सुपर टाइमा पराजित गरे।
Shares

प्रतिक्रिया