कला


बेनिशा अभिनीत ‘बिगुल’को टिजरमा राजनीतिक असन्तुष्टिको कथा

बेनिशा अभिनीत ‘बिगुल’को टिजरमा राजनीतिक असन्तुष्टिको कथा

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १७:२८, काठमाडौँ

बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘बिगुल’को टिजर सार्वजनिक गरिएको छ। 

फिल्ममा देशको वर्तमान राजनीतिक अवस्था र परिवेशलाई प्रस्तुत गरिएको टिजरले संकेत गरेको छ। खराब राजनीतिका कारण जनतामा आएको असन्तुष्टि, विद्रोह र आन्दोलनका कुरा समेटिएका छन्। 

टिजरको अन्त्यमा बेनिशाले भन्छिन्, ‘अब कुनै पनि हालतमा जेनजीहरूको भावना मर्नु हुँदैन।’ जसले जेनजी आन्दोलनपछि चुनावतर्फ अघि बढिरहेको मुलुकको राजनीतिक घटनाक्रम देखाउने संकेत गर्छ। 

यस फिल्ममा बेनिशासहित नरेन खड्का, विनोद न्यौपाने, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देललगायतको अभिनय छ। 

रमेश कोइरालाको निर्देशनमा बनेको फिल्मका निर्माता र लेखक दिनेश कोइराला हुन्। फिल्म आगामी माघ ९ गतेदेखि सिनेमा हलमा रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad