कला


चिनियाँ एनिमेसन फिल्महरूले धपक्क बल्यो त्रिभुवन विश्वविद्यालय

चिनियाँ एनिमेसन फिल्महरूले धपक्क बल्यो त्रिभुवन विश्वविद्यालय

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १७:१८, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयमा पहिलो हिमालय पार चलचित्र प्रदर्शनी आयोजना भएको छ। 

‘सभ्यताको सामूहिक सिकाइ, प्राविधिक नवप्रवर्तन’ नारामा आयोजित प्रदर्शनीमा चिनियाँ एनिमेटेड फिल्म देखाइएको थियो भने कला र संस्कृतिसँगै सिनेम्याटिक संवादहरु आयोजना गरिएको थियो। 

कार्यक्रमले नेपालका युवा विद्यार्थीहरुसम्म परम्परागत चिनियाँ संस्कृतिको आधुनिक प्रविधिसँगको संयोजनलाई ल्याएको बताइएको छ। उद्घाटनका क्रममा एआईले उत्पादन गरेको प्रवर्द्धनात्मक छोटा फिल्मको प्रदर्शन गरिएको थियो। त्यसपछि एआईबाटै निर्मित पर्वतको आत्मा (द स्पिरिट अफ द माउन्टेन्स) को पनि स्क्रिनिङ गरिएको थियो। फिल्मले कृत्रिम बौद्धिकता र परम्परागत संस्कृतिको संयोजनलाई देखाएको थियो। 

फिल्म स्क्रिनिङपछि भिडिओमार्फत उपस्थिति जनाएका निर्देशक पांग जियाले एआई सिन जेनेरेसन प्रक्रिया कसरी तत्कालै गर्नेबारे सिकाएक थिए। त्यसैगरी निर्माता जनयान हुआङ भने अन्तक्र्रियात्मक सत्रमा सहभागी भएका थिए। 

त्रिभुवन विश्वविद्यालयका पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले विभाग पछिल्लो समय डिजिटल मिडियातर्फ रुपान्तरित भइरहेको बताउँदै फिल्मका पाठ्यक्रम अध्ययनको योजना बनाएको बताए। 

यस्ता प्रदर्शनीले नेपाल र चीनका जनताबीचको खाडल पूर्तिमा महत्त्वपूर्ण पुलको काम गर्ने उनले बताएका थिए। सो अवसरमा अभिनेता प्रदीप खड्काले नेपालले चिनियाँ चलचित्र उद्योगसँग सहकार्य गर्न चाहेको उल्लेख गरेका थिए। त्यस्तै अर्का अभिनेता बुद्धिमान तामाङले नेपाली फिल्मले चिनियाँ फिल्म उद्योगबाट धेरै सिक्न सक्ने टिप्पणी गरेका थिए। कार्यक्रममा चलचित्र निर्देशक प्रदीप शाहीसहित अभिनेता, निर्देशक, फिल्म समालोचक, पत्रकार र विद्यार्थीहरु सहभागी भएका थिए। 

कार्यक्रमकै दौडान एनिमेसन फिल्म द लिजेन्ड अफ हेई २ ले धेरै विद्यार्थीको ध्यान खिचेको थियो। यो फिल्ममा मानव र राक्षसबीचको सुमधुर सहअस्तित्वको कथा उल्लेख छ भने पर्वत, पानी, काठ, ढुंगा र जनावरहरुलाई जीवन्त चित्रण गरिएको छ। अर्थात् प्रकृति र मानवताको एकताको पर्यावरणीय अवधारणलाई प्रस्तुत गरिएको छ। 

यसबाहेक अन्य धेरै सत्रहरु सञ्चालन भएका थिए। यो प्रदर्शनी १९०५ मुभी नेटवर्कले आयोजना गरेको हो। नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्दै दुई देशका युवाहरुबचि डिजिटल पुल निर्माण गर्ने यसको उद्देश्य रहेको बताइएको छ। 

त्रिभुवन विश्वविद्यालयको प्रदर्शनीपछि काठमाडौं विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा पनि यो प्रदर्शनी गरिने बताइएको छ। प्रदर्शनी डिसेम्बर २१ सम्म चल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad