बालगायक निश्चल अधिकारीको स्वर रहेको बालखैमा दिल बस्यो गौँथली २ को भिडिओ सार्वजनिक भएको छ। बालखैमा दिल बस्यो गौँथलीको सफलतापछि सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत सृजना रहेको छ।
नरेन्द्र वियोगीको एरेन्ज मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा बालकलाकारद्वय आलोक चौरेली र आयुषा ढकालको लोभलाग्दो अभिनय देख्न सकिन्छ।
सार्वजनिक गीतको भिडिओमा उज्जवल भविष्यको सम्भावना खोज्दै दूर दराजको गाउँबाट सहर पसेको एउटा बालकले भोग्नु परेको असहज परिस्थितिलाई देखाइएको छ।
जहाँ उस्तै उमेरकी आयुषीले आलोकले भोगेको परिस्थितीलाई सहजीकरण गर्दै स्कुल पढ्नेसम्मको वातावरण बनाइएको सन्देश मुलक र नेपाली समाजमा व्याप्त कथालाई कलात्मक शैलीमा निर्देशक प्रहील कार्कीले भिडिऔमा देखाएका छन्।
बाल्यकालदेखि नै गायनमा क्रियाशील गायक निश्चलको अफिसियल युट्युब च्यानल निश्चल अधिकारीबाट बजारमा ल्याएका हुन्।
काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको गीतको छायांकन राजेश घिमिरे र केही भाग योगेन थापाले गरेका हुन्। सार्वजनिक गीतको भिडिओ सम्पादन माधव बेल्वासेले गरेका हुन्।
Shares

प्रतिक्रिया