चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्महरूको कलेक्सन सार्वजनिक गरेको छ। जसअनुसार अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ ले १० करोड ५१ लाख ग्रस कलेक्सन गरेको छ। यो कमाइसँगै यो फिल्म अनमोल केसीको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।
गत असोज ३१ गतेदेखि प्रदर्शन भएको यस फिल्मले गत शनिबार रातिसम्म यो आकंडा पार गरेको हो। शुक्रबार मात्रै निर्माणटिमले १० करोड क्लब प्रवेश गरेको खुसीमा केक काट्दै सेलिब्रेसन मनाएको थियो। सोही अवधिसम्म ३ लाख ३३ हजार वटा टिकट बिक्री गरेको छ।
त्यसैगरि, विजय बराल, दयाहाङ राई र समृद्धि अर्याल अभिनीत ‘वरिष्ठ बलराम’ले पछिल्लो शनिबारसम्म २ करोड ४८ लाख रुपैयाँ ग्रस कमाएको छ। भाइटिकाकै दिनबाट प्रदर्शन भएको ‘सोल्टिनी’ को कमाइ भने न्युन छ। प्रकाश सपुत र परिक्षा लिम्बु अभिनीत यस फिल्मले शनिबारसम्म जम्मा २८ लाख ८० हजार रुपैयाँ कमाएको छ।
त्यसैगरि, कार्तिक ७ गतेबाट प्रदर्शनरत फिल्म ‘मैझारो’ ले शनिबारसम्म १ करोड ९५ हजार रुपैयाँ कमाएको छ। यस फिल्ममा मिरुना मगर र धिरज मगरको मुख्य भूमिका छ।
Shares

प्रतिक्रिया