कला


सकियो तीनदिने ‘काठमाडौँ हरर फिल्म फेस्टिभल’

सकियो तीनदिने ‘काठमाडौँ हरर फिल्म फेस्टिभल’

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १२:१८, काठमाडौँ

नेपालमा पहिलोपटक आयोजना गरिएको ‘काठमाडौँ हरर फिल्म फेस्टिभल’ सम्पन्न भएको छ। आइतबार साँझ कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा तीन दिन लामो चलेको महोत्सवमा विश्वका विभिन्न देशका चलचित्रकर्मी र दर्शकलाई एकै छातामुनि ल्याउँदै डर, कला र कथनको अद्भुत संगम प्रस्तुत गरियो।

नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित यो फेस्टिभलले हरर सिनेमालाई कला र संस्कृतिको अभिव्यक्ति स्वरूप प्रस्तुत गरिएको थियो। जहाँ रुस, इन्डोनेशिया, भारत, मेक्सिको, बंगलादेश र नेपालका फिल्महरू समेटिएको यस कार्यक्रममा नेपाली सिनेमाको नयाँ अध्यायको सुरुवात भएको आयोजकले जनाएको छ।

प्रतिष्ठानका उपाध्यक्ष शिव पुरीले चलचित्रलाई माध्यम बनाएर संस्कृति, सन्देश र सिर्जनशीलतालाई जोड्ने उदेश्य रहेको बताउँदै उत्सवले त्यो लक्ष्यतर्फको ढोका खोलेको प्रष्ट पारे।

रूसी फिल्म ‘शामन’ देखाउँदै फेस्टिभलको ओपनिङ गरिएको थियो। त्यस्तै, समापनमा नेपालको ‘द रिचुअल’ सहित बंगलादेशको फिल्म ‘फोरिनर्स अनली’ देखाइयो। निर्देशक नुहास हुमायुनको यस बंगलादेशी फिल्मले समाजमा हुने विभेद र मानव संघर्षको कथा भन्छ। यसै फिल्मका लागि हुमायुनले उत्कृष्ट युवा चलचित्रको पुरस्कार समेत जिते। 

यसवर्षको महोत्सवमा विभिन्न देशका २५ फिल्म प्रदर्शन भएका थिए। जसमध्ये इन्डोनेशियाको हरर, थ्रिलर फिल्म ‘लेबिनेक’ सर्वश्रेष्ठ फीचर फिल्म घोषित भयो। त्यस्तै, सर्वश्रेष्ठ छोटो फिल्मको अवार्ड भने मेक्सिकोको फिल्म ‘अ इयर अफ म्यारिज’ ले पाउन सफल भयो। 
ज्युरी स्पेसल अवार्ड भने भारतको फिल्म ‘बोक्सी’ लाई दिइयो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad