कला


कमेडियन कैलाशले नेपालमै पहिलो पटक ल्याए इम्प्रभ कमेडी कार्यक्रम ‘फन टूस शो’

कमेडियन कैलाशले नेपालमै पहिलो पटक ल्याए इम्प्रभ कमेडी कार्यक्रम ‘फन टूस शो’

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार २०:१४, काठमाडौँ

कमेडियन कैलाश कार्कीले नयाँ कमेडी कार्यक्रम ‘फन टूस शो’ (The Fun2ss Show) ल्याएका छन्। उनको यो शो इम्प्रभ कमेडी विधामा आधारित रहेको छ। 

एम्प्रभ केमडी नेपालका लागि नौलो हो। ‘अनस्क्रिप्टडेट’ प्रस्तुती यो शोको प्रमुख विशेषता हो। 

नेपालमा नयाँ विधाको कमेडी परिचित गराउने उद्देश्यले उक्त शो ल्याएको शोका निर्देशक कैलाशले बताए। 

उनले भने, ‘मेरो उद्देश्य नै दर्शकलाई नयाँ विधाको कमेडीबारे जानकार गराउनु हो। हाँस्य कलाकार भएकाले यो मेरो जिम्मेवारी पनि हो।’

यो कार्यक्रमको पहिलो एपिसोड शनिबार साँझ सार्वजनिक भएको छ। हिल्स एण्ड होराइजन फिल्म्स प्रा।लि।को  प्रस्तुतीमा बनेको यो शो हरेक शनिबार युट्युब च्यानल ओएसआर रियालिटीबाट कार्यक्रम सार्वजनिक हुने उनले जनाए। 

अर्का केमिडियन सन्तोष थापा यो कार्यक्रममा प्रस्तोताको भूमिकामा रहेका छन्। 

कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन्। उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन्।

यो शोलाई तीन सिल्भर, गोलड र डाइमन्ड गरी तीन राउन्ड विभिाजन गरिएको छ। प्रत्येक राउन्डमा ६ एपिसोड रहने, एलिमिनेसन तथा वाइल्डकार्ड प्रणाली लागु हुने निर्देशक कार्कीले बताए। 

२० औं एपिसोडको एक जनालाई विजेता घोषणा गरिनेछ। विजेतालाई नगद र विभिन्न पुरस्कार जित्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad