कला


बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १३:२२, काठमाडौँ

कथाकार होम शंकर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ।

सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आरएम डङ्गोल, कृतिकार होमशङ्कर बास्तोला, प्रदीप सापकोटा, रोजु गौतमलगायतले उक्त कथाकृति संयुक्तरुपमा लोकार्पण गरेका हुन्। 

सो अवसरमा साहित्यकार ‘रोदन’ले हरेक मानव जीवनमा कुनै न कुनै कथा हुन्छन् तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने मात्र मुख्य कुरा भएकाले पाठकलाई अनुभूत तथा द्रवित गराउने क्षमता जसमा हुन्छ ऊ राम्रो कथाकार हुने बताए।

समालोचक डङ्गोलले कृति सामाजिक यथार्थपरक कथाहरूले भरिएको उल्लेख गर्दै अधिकांश कथाको बुनोट यही समाजका विषयबस्तु रहेका र स्थान विशेष पात्रहरू रहेका कथाहरू सहज तथा स्वाभाविक रहेकाे बताए।

समीक्षक सापकोटाले आयामका हिसाबले लघु र मध्यम आयामका १९ कथा रहेको ‘रगतको मूल्य’भित्र सत्यका निकट रहेर लेखिएका कथाहरू रहेको उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad