राजनीति


रामकुमारीले गरिन् माओवादीसँग एकता गरे एकीकृत समाजवादी फुट्न सक्ने संकेत

रामकुमारीले गरिन् माओवादीसँग एकता गरे एकीकृत समाजवादी फुट्न सक्ने संकेत

रामकुमारी झाँक्री र माधव नेपालको फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १३:२५, काठमाडौँ

नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारीमा रहेको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले फरक मत राखेकी छन्। 

पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले माओवादी केन्द्रसँग एकता गरे एकीकृत समाजवादी विभाजन हुन सक्ने संकेत गरेकी हुन्। 

‘व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ’, झाँक्रीले शुक्रबार सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘इतिहासको वास्तविकता यस्तै छ। मान्छे नै थपेर बहुमत पुर्‍याउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्नेचाहिँ होइन।’

अध्यक्ष माधवकुमार नेपालले वामपन्थी एकतामा जोड दिँदै पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गरिसकेको अवस्थामा झाँक्रीले भने नकारात्मक धारणा राखेकी हुन्। 

उता माओवादी केन्द्रका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि पार्टी एकताका लागि हतार गर्न नहुने बताइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad