नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ आजबाट प्रदर्शनमा आएको छ। उत्साहजनक शो संख्यासहित रिलिज भएको यस फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गर्ने अपेक्षा निर्माण पक्षको छ।
बिहीबार राति काठमाडौँमा आयोजित प्रिमियरमा 'परान'ले उत्कृष्ट प्रतिक्रिया पाएको थियो। फिल्म हेरिसकेपछि धेरै भावुक देखिन्थे। बिशेषगरी आफ्नो परिवारका सदस्यलाई धेरैले 'बारबार सम्झनामा ल्यायो' भन्दै प्रतिक्रिया दिएका थिए ।
अहिले प्रदर्शनरत 'जेरी अनटप'का निर्देशक सुयोग गुरुङले 'परान' छुटाउनै नहुने फिल्म बनेको प्रतिक्रिया दिए। हेरिरहँदा आँखा झिमिक्क नहुने र कतिखेर आँखामा आँशु आउँछ थाहा नै नहुने भन्दै आफ्नो पनि आँशु खसेको बताए।
साथै प्रिमियरमा उपस्थित अधिकांशले फिल्मका निर्माताद्वय शेखर गोल्छा र रन्जित आचार्यलाई फिल्म निर्माणमा प्रवेशसँगै उत्कृष्ट फिल्म दिएकोमा बधाई तथा शुभकामना दिएका थिए।
फिल्ममा नीरसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यकोअभिनय छ।
छायांकन (डिओपी) शिवराम श्रेष्ठले गरेका हुन् भने सम्पादन मित्र डी. गुरुङले गरेका छन्। कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन्। फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाईं हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्।
Shares

प्रतिक्रिया