कला


यस्तो छ भोलिबाट रिलिज हुने फिल्म ‘सोल्टिनी’ को गीत ‘सुन सोल्टिनी’

यस्तो छ भोलिबाट रिलिज हुने फिल्म ‘सोल्टिनी’ को गीत ‘सुन सोल्टिनी’

नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १२:५७, काठमाडौँ

भोली भाइटिकाको दिनबाट फिल्म ‘सोल्टिनी’  को नयाँ गीत ‘सुन सोल्टिनी’  सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा एसडी योगी र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ। 

यस गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत प्रशान्त सिवाकोटीको रहेको छ।

गीतको भिडिओमा मुख्य कलाकार प्रकाश सपूत र परीक्षा लिम्बु फिचर्ड छन्। उनीहरूबीचको आकर्षक केमेस्ट्री र रमाइलो नृत्यले भिडिओ राम्रो बनेको छ। यसले चलचित्रको कथा पृष्ठभूमि झल्काउँदै दर्शकलाई मनोरञ्जन र उत्साह दुवै प्रदान गर्ने अपेक्षा गरिएको छ। गीतको भिडिओमा शिशिर खातीको कोरियोग्राफी छ। 

'सोल्टिनी' टिम हालै देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार प्रसार गरिरहेको छ। केन्द्रीय चलचित्र जाँच समितिबाट 'युनिभर्सल' प्रमाणपत्र प्राप्त गरेको यो चलचित्रलाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्।

अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्रले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ। फिल्ममा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि अभिनय छ। 

नेपालमा भाइटिकाको दिनदेखि प्रदर्शनमा आउने 'सोल्टिनी' अब जापान र क्यानडामा पनि रिलिजको तयारीमा रहेको छ। चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad