चर्चित लोकगायक प्रकाश दुतराजको गीत ‘छैन र माया’ करोड क्लबमा प्रवेश गरेको छ। दसैँको अवसरमा सार्वजनिक गरिएको ‘छैन र माया’ बोलको गीतले युट्युवमा करोड भ्युज पाएको हो।
रिलिज भएको २५ दिनमा गीतको भिडिओलाई १ करोड ९० हजार पटक हेरिएको छ। रिलिजसँगै यो गीत टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल छ। विशेषगरि, गीतमा बुनिएका प्रेमिल शब्दहरूले दर्शकहरूलाई तानिरहेको छ।
दुतराजकै शब्द र संगीतमा बनेको गीत प्रेमिल खालको छ। गीतमा प्रकाशसहित मेलिना राईको स्वर सुन्न सकिन्छ। यस गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका छन्।
गीतको भिडिओमा प्रकाशसहित अञ्जिली जिसी फिचर्ड छिन्। मुकेश नेपालीको कोरियोग्राफी रहेको भिडिओलाई अनिल के. मानन्धरले खिँचेका हुन्। गीतको भिडिओलाई नवीन घर्ती मगरले निर्देशन तथा सम्पादन गरेका हुन्।
366
Shares

प्रतिक्रिया