कला


‘माइतीघर’बारे यसो भन्छन् धिरज

‘माइतीघर’बारे यसो भन्छन् धिरज

नेपालखबर
असोज १०, २०८२ शुक्रबार २०:२०, काठमाडौँ

दसैँको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज हुने फिल्म ‘माइतीघर’को बुकिङ खुलिसकेको छ। फिल्मको गीत, ट्रेलरले दर्शकको साथ पाएपछि फूलपातीमा ओपनिङ पनि उत्साहजनक हुने अपेक्षा गर्न सकिन्छ।

फिल्मका मुख्य अभिनेताको रूपमा देखिएका छन् धिरज मगर। पहिलो पटक मल्टिस्टारर फिल्ममा काम गरेका धिरज उत्साहित छन्। यो फिल्मको स्क्रिप्ट उनले दुई वर्ष अगाडि नै हात पारेका थिए। स्क्रिप्ट पढ्ने वित्तिकै उनी फिल्म खेल्न राजी भएका थिए। 

‘यो फिल्मले तामाङ संस्कृतिको सेरोफेरोमा रहेर जुन किसिमको कथा प्रस्तुत गरेको छ, त्यो मन परेर नै म यसमा जोडिएको हुँ। यसले, माइतीघर र चेलीको सम्बन्धलाई जुन शैलीमा देखाएको छ, त्यसले मलाई आकर्षित गरेको हो।’

‘मेरो पात्र पुरै नकारात्मक नभए पनि ग्रे सेडमा छ। यही पात्रको  यात्रा नै मलाई मन परेको हो। ट्रेलरमा पनि भिन्न गेटअपमा मेरो पात्र देखिएको छ जस्तो लाग्छ। फिल्ममा कहिले प्रहरीको भेषमा त कहिले विदेशी लाहुरेको रुपमा मेरो पात्र प्रकट हुन्छ। यसले, दर्शकमा कौतुहलता र दुविधा दुवै सिर्जना गर्छ जस्तो मलाई लाग्छ।’

फिल्मले पूर्ण रुपमा मनोरञ्जन दिने क्लाइमेक्सले दर्शकको मनमा विशेष स्थान बनाउने दाबी धिरजको छ। धिरजले, फिल्म हेर्दा दर्शक हाँस्दाहाँस्दै रुनेमा आफू ढुक्क रहेको सुनाए। पारिवारिक फिल्म भएकाले पनि दशैंमा दर्शकका लागि विशेष हुने उनको भनाई छ।

रोहित अधिकारीको निर्माणमा मिलन तामाङको निर्देशन रहेको छ। यो फिल्ममा धिरजको साथमा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय यो फिल्ममा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad