कला


२२ वर्षपछि एकसाथ फिल्म खेल्दै चर्चित जोडी उत्तम र निरुता

२२ वर्षपछि एकसाथ फिल्म खेल्दै चर्चित जोडी उत्तम र निरुता

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १५:३३, काठमाडौँ

फिल्म ‘दर्पण छायाँ’का जोडी उत्तम प्रधान र निरुता सिंहलाई एकसाथ हेर्न पाइने भएको छ। सन् २००३ मा प्रदर्शन भएको ‘उपहार’मा देखिएका उनीहरू अब फिल्म ‘महादशा’मा जोडीको रूपमा देखिन लागेका हुन्। 

निर्माता किरण नेपालीको निर्देशनमा बन्न लागेको फिल्मको मु्ख्य भूमिकामा उत्तम र निरुतालाई अनुबन्धित गरिएको हो। दुवै कलाकारलाई निर्माण पक्षले स्वागत गरेको छ।

यस चलचित्रमा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ। कलाकारको घोषणासँगै चलचित्रले दर्शकमाझ थप उत्सुकता जगाएको छ। लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ।

मनिष गौतमले लेखेको फिल्ममा राजेन्द्र के  शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad