बलिउड फिल्म ‘सैयारा’ बाट चर्चामा आएकी अभिनेत्री अनीत पड्डाले नयाँ फिल्म साइन गरेकी छिन्। उनी कोर्ड ड्रामा फिल्म ‘न्याय’ मा देखिन लागेकी हुन्।
अनीतले हिट फिल्म ‘सैयारा’ मा अहान पाण्डेको अपोजिटमा काम गरेका थिइन्। जसमा अहान र अनीतको केमेस्ट्रीलाई निकै रूचाइएको थियो। साथै अनीतको अभिनयको निकै प्रशंसा भएको थियो।
यस फिल्ममा अनीत एक जवान पीडितको भूमिकामा देखिनेछिन् जो कानुनी लडाईको केन्द्रमा छिन्। यसमा फातिमा सना शेख र अर्जुन माथुर मुख्य भूमिकामा हुनेछन्। भारतीय समारचार माध्यमका अनुसार फिल्मको कथा अदालतमा साहस र सत्यमा केन्द्रित हुनेछ।
अनीथले एक पीडितको भूमिका निर्वाह गर्नेछिन् जो आफूलाई दुर्व्यवहार गर्ने शक्तिशाली आध्यात्मिक गुरुको विरुद्धमा साहसपूर्वक उभिनेछिन्। यो कथा महिलामाथि हुने अन्याय विरुद्ध लड्ने अदालतको नाटकमा आधारित छ।
यस फिल्मलाई न्यायु लाई बार बार देखो र मेड इन हेभन जस्ता फिल्महरू बनाएकी नित्या मेहराले निर्देशन गर्नेछिन्। मेहराले यो फिल्मलाई करण कपाडियासँग सह-निर्देशन गर्नेछिन्। यसअघि दुवैले ‘बिग गर्ल्स डन्ट क्राइ’ शोमा अनीतसँग काम गरिसकेका छन्। यस फिल्ममा अनितसँगै मोहम्मद जीशान अय्युब, रघुवीर यादव र राजेश शर्मा पनि देखिनेछन्।
Shares

प्रतिक्रिया