कला


कस्तो छ टाइगर श्राप स्टारर बलिउड फिल्म ‘बागी ४’ को कमाइ?

कस्तो छ टाइगर श्राप स्टारर बलिउड फिल्म ‘बागी ४’ को कमाइ?

नेपालखबर
भदौ २३, २०८२ सोमबार १२:२३, काठमाडौँ

गत शुक्रबारदेखि सिनेमाहलमा बलिउड फिल्म ‘बागी ४’ प्रदर्शनरत छ। टाइगर श्राप स्टारर यस फिल्मले घरेलु बक्सअफिसमा ३१.२५ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

पहिलो दिन यस फिल्मले भारतभर १२ करोड भारु कलेक्सन गरेको थियो। दोस्रो दिन ९.२५ करोड कमाएको फिल्मले तेस्रो दिन १० करोड भारुको व्यापार गरेको हो।

यद्यपि, ट्रेड रिपोर्टका अनुसार पहिलो विकेन्डमा फिल्मले उल्लेखनिय व्यापार भने  गर्न सकेन। विकेन्डमा व्यापारमा उछालको सट्टा चलचित्रको सङ्कलनमा गिरावट देखिएको छ। जसले फिल्मले खासै बक्सअफिसमा कमाल नगर्ने देखिन्छ। 

ए. हर्षा निर्देशित यस फिल्ममलाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन्। फिल्ममा टाइगर श्रापसहित सञ्जय दत्त , हरनाज सन्धु, सोनम बाजवा लगायतको अभिनय रहेको छ।

यो फिल्म सन् २०१६ मा रिलिज भएको टाइगर श्राप र श्रद्धा कपुर स्टारर ‘बागी ४’ फ्रेन्चाइजको चौथो भाग हो। दोस्रो भागमा टाइगरसहित दिशा पटानी र मनोज बाजपेयी भूमिकामा थिए भने तेस्रोमा श्रद्धा कपुर र रितेश देशमुखको अभिनय थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad