कला


भोलिबाट रिलिज हुने फिल्म ‘रिमै’ ले कति पायो शो?

भोलिबाट रिलिज हुने फिल्म ‘रिमै’ ले कति पायो शो?

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १९:२५, काठमाडौँ

भोलि (शुक्रबार) रिलिज हुने फिल्म ‘रिमै’ को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ।

हिजो बुधबार नै अग्रिम टिकट बुकिङ खोलिएको यस फिल्मका सो बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले निकालिसकेका छन्।

यस फिल्मले प्रिमियर सोमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो। अभिनेता दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको सिनेमाले देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौँ उपत्यकामा १४ सो र मोफसलमा १८ सो उपलब्ध गराएको छ।

यता देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना पाँच हलमा ५ सो, वान सिनेमाजले ७, बिग मुभिजले २, एफक्युब सिनेमाजले ३, बीएसआर मुभिजले २, रञ्जना सिनेप्लेक्सले ५, सिके सिनेमाजले २ र सिने डी सेफले २ सो उपलब्ध गराएका छन्। यदि हलमा दर्शकको चाप बढ्दै गएको खण्डमा विस्तारै सो थपिँदै जाने विश्वास निर्माण टिमको छ।

गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको फिल्ममा दयाहाङ र रिश्मासहित अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डीबी गुरुङ, टेक गुरुङ र बाल कलाकार असीम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन्। वीरबल घले कार्यकारी निर्माता रहेको सिनेमामा टीका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन्।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डी गुरुङको सम्पादन रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad