केदार घिमिरे (माग्ने बुढा) अभिनीत फिल्म ‘माग्ने राजा’ ले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ। यस फिल्मले १२ दिनसम्म ४ करोड ६१ लाखको व्यापार गरेको हो।
यस फिल्मका वितरक रोहित कट्टेलले फिल्मले मंगलबारसम्म ४ करोड ६१ लाखको ग्रस कलेक्सन गरेको जानकारी दिए। भदौ ६ गते रिलिज भएको यो फिल्म दोस्रो सातामा प्रदर्शनरत छ।
यस फिल्ममा केदार पहिलोपटक मुख्य भूमिकामा देखिएका हुन्। जसकारण पनि यो फिल्म बहुप्रतिक्षित थियो। एकसाथ रिलिज भएका ‘ताराहरू’ र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ नचल्दा ‘माग्ने राजा’ ले दर्शकको राम्रो साथ पाइरहेको छ।
आरम्भ प्रडक्सनको ब्यानरमा बनेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्। मुनाल घिमिरेको निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिँचेका हुन्।
यस फिल्ममा केदारसहित वर्षा शिवाकोटी, शारदा गिरी, विल्सनविक्रम राई, शिशिर वाङदेल, मिस पबी, पुष्कर गुरुङको अभिनय छ। फिल्मको कथा सामीप्यराज तिमल्सेनाको लेखेका हुन्।
Shares

प्रतिक्रिया