कला


मोबाइल चलाउँदा ट्राफिक प्रहरीको कारबाहीमा परे मनोज गजुरेल

मोबाइल चलाउँदा ट्राफिक प्रहरीको कारबाहीमा परे मनोज गजुरेल

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १२:२०, काठमाडौँ

हास्य कलाकार मनोज गजुरेल कारबाहीमा परेका छन्। गाडी हाँक्दै मोबाइल चलाएपछि उनी ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन्।

गजुरेलले बुधबार फेसबुकमार्फत आफू ट्राफिक प्रहरीको कारवाहीमा परेको जानकारी दिएका हुन्। रत्नपार्कमा प्रहरीले गाडी रोकेर आफूलाई लापरवाहीपूर्वक गाडी चलाएबापत कारबाही गरेको गजुरेलको भनाइ छ। साथै आफूलाई प्रहरीले ५०० रुपैयाँ तिराएको समेत उनले उल्लेख गरेका छन्।

‘रत्नपार्कमा ट्राफिकले ‘नमस्कार’ गर्दै गाडी रोक्नुभयो। लाईसेन्स, ब्लुबुक जाँच्नुभयो। र, वाकीटकीमा सोध्नुभयो- ‘सर नं.’ गाडीको कसुर?’ जवाफ आयो? ‘लापरवाहीपुर्वक गाडी चलाएको।’ मैले सोधेँ ‘कस्तो लापरबाही !’ भन्नुभयो ‘गाडी हाँक्दै मोबाईल चलाएको। थप्नुभयो ‘क्यामेरा र सादा पोशाकमा ट्राफिकहरु तपाईँलाई नियालिरहेकाछन्, जहाँ जहिले पनि कारबाहीमा पर्न सक्नुहुन्छ।’

साथै उनले आफ्नो ड्राइभ एन्ड मोबाइलको बानी सम्भवत: छुट्न सक्ने उनले लेखेका छन्। सूचना र प्रविधिको उपयोग सकारात्मक रुपमा गर्दो रहेछ भन्दै उनले ट्राफिक प्रहरीको प्रशंसा गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad