कला


बिक्री भयो न्यान्सी र सुशील अभिनित ‘अक्षरा’ को डिजिटल राइट्स

बिक्री भयो न्यान्सी र सुशील अभिनित ‘अक्षरा’ को डिजिटल राइट्स

नेपालखबर
साउन ६, २०८३ बुधबार १३:१२, काठमाडौँ

विनयराज पौडेलको निर्देशनमा बनेको फिल्म ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटेनमेन्टले खरिद गरेको छ। सम्झौताअनुसार अब यस फिल्मका सम्पूर्ण डिजिटल सामग्री मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक हुनेछन्।

फिल्मको निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधिहरू प्रदीप धामी, पुष्कर शर्मा घिमिरे र आशिष तामाङबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको छ। निर्देशक पौडेलका अनुसार चलचित्रको युट्युब प्रतिलिपि अधिकार बिक्री भइसकेको छ। अब दर्शकले चलचित्रका गीत, ट्रेलर तथा सम्पूर्ण सामग्री सोही युट्युब च्यानलमा हेर्न पाउनेछन्।

आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको फिल्मको बजारमा राम्रो चर्चा छ। फिल्मलाई लिएर निर्माण टोली निकै उत्साहित देखिएको छ।

ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ की अभिनेत्री न्यान्सी खड्का र अभिनेता सुशील सिटौलाको मुख्य भूमिका रहेको छ। फिल्ममा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको अभिनय रहेको छ। त्यसैगरी बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाले पनि अभिनय गरेका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा सोनी थापा (ढुङ्गाना)को प्रस्तुति रहेको छ। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेको यस चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्।

यस चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad