युरोपेली मुलुक पोल्यान्डमा चर्चित लोक गायिका शान्तिश्री परियारको सांगीतिक कार्यक्रम हुने भएको छ।
कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुतिका लागि उनी बुधबार साँझ पोल्यान्ड आइपुगेकी छिन्।
'सबै जना आउनुहोस् है, १५ तारिख मज्जाले रमाइलो गर्नुपर्छ ल,' उनले पोल्यान्ड आइपुगेपछि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्।
नेपाल मगर संघ पोल्यान्डको आयोजना तथा मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको प्रस्तुतिमा अगस्ट १५ तारिख शुक्रबार कार्यक्रम हुन लागेको हो।

तीजको अवसर पारेर गायिका शान्तिश्री सांगीतिक कार्यक्रमका लागि हाल युरोप टुरमा छिन्। उनले अगस्ट ९ मा माल्टा र १० मा रोमानियाको कार्यक्रम सकेकी छिन्।
पोल्यान्डपछि जर्मनी, फ्रान्स, नेदरल्यान्ड, बेल्जियम, स्विडेन, फिनल्यान्ड, ग्रीस लगायतका दर्जन बढी देशहरूमा उनको कार्यक्रम तालिका छ।
रोल्पामा जन्मिएकी चर्चित लोकदोहोरी गायिका शान्तिश्री स्टुडिओदेखि विदेशका सांगीतिक कार्यक्रममा उत्तिकै व्यस्त कलाकारमा पर्छिन्।उनका 'रुकुम मैकोट' र 'अरेली काँडैले' लगायत गीत यूट्यूबमा करोड भ्युजसहित दर्शकको अत्यधिक रोजाइमा छन्।
Shares

प्रतिक्रिया