नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले बेलायती सांसद एलेक्स बेकरसँग लन्डनमा भेटघाट गरेका छन्।
नेपालका लागि सर्वदलीय संसदीय समूहकी नेतासमेत रहेकी सांसद बेकरसँगको भेटका क्रममा घिमिङले नेपाल-बेलायत सम्बन्ध र सहकार्यका विभिन्न क्षेत्रबारे कुरा भएको सामाजिक सञ्जालमा लेखेका छन्।
उनका अनुसार, नेपालको ऊर्जा क्षेत्र, ग्रिन हाइड्रोजन, जलवायु परिवर्तनले नेपाललाई पुर्याएको असर र त्यस सम्बन्धमा विश्वव्यापी रूपमा उठाउनुपर्ने विषय, बेलायती गोर्खा सैनिकको समान पेन्सनको विषय, नेपालको वर्तमान राजनीतिक अवस्था र उज्यालो नेपाल अभियानका विषयमा पनि छलफल भएको थियो।
यस क्रममा बेकरले नेपालका हरेक विषयमा गम्भीर चासो लिएको र सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेको घिसिङले उल्लेख गरेका छन्।
उक्त भेटमा नेपाल र बेलायतबीच गोर्खा मुद्दाका प्रमुख वार्ताकार जुद्धबहादुर गुरुङ र एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ, एलएन पाण्डेलगायको पनि उपस्तिथि थियो।
विभिन्न मुलुकमा रहेका नेपालीसँग अन्तर्क्रिया गर्दै हिँडेका घिसिङ यतिखेर बेलायत पुगेका छन्।
Shares

प्रतिक्रिया