कला


विवादमा विजयको फिल्म ‘किंगडम’, तमिल पहिचानलाई गलत प्रस्तुत गरिएको आरोप

विवादमा विजयको फिल्म ‘किंगडम’, तमिल पहिचानलाई गलत प्रस्तुत गरिएको आरोप

नेपालखबर
साउन २२, २०८२ बिहिबार १२:६, काठमाडौँ

दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाको फिल्म ‘किंगडम’ विवादमा परेको छ। यस फिल्ममाथि तमिल पहिचानलाई गलत तरिकाले प्रस्तुत गरेको र धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको हो।

नवभारत टाइम्सका अनुसार, तमिल राष्ट्रवादी समूह तमिलर काच्ची (एनटीके) ले फिल्मका केही भागहरूमा कडा आपत्ति जनाएको छ। र, फिल्ममा प्रतिबन्ध लगाउन माग समेत गरेको छ। श्रीलंकाली तमिलहरूलाई राज्यमा नकारात्मक रूपमा देखाइएको उनीहरूको दाबी छ।

यसबाहेक, फिल्ममा खलपात्रको नाम  ‘मुरुगन’ राखिएको छ, जुन तमिलनाडुका सबैभन्दा पूजनीय देवताहरू मध्ये एक भगवान मुरुगनसँग सम्बन्धित नाम हो। यसका कारण पनि मानिसहरूमा आक्रोश पोखिरहेका छन्।

एनटीकेले यस फिल्मले तमिलहरूको पहिचान र सांस्कृतिक इतिहासलाई बदनाम गरेको बताएको छ। यसका कारण राज्यभरका धेरै सिनेमा हल बाहिर विरोध प्रदर्शन गरिएको थियो। हंगामा बढ्दै गएको देखेर प्रहरी पनि घटनास्थलमा पुगेको थियो। स्थिति नियन्त्रण गर्न थप प्रहरी बल खटाइएको थियो।

एनटीकेले सरकारसँग कारबाहीको माग गरेको छ र तमिलनाडु प्रशासनलाई फिल्ममाथि प्रतिबन्ध लगाउन दबाब दिएको छ। गत जुलाई ३१ मा रिलिज भएको यस फिल्ममा विजयसहित भाग्यश्री र सत्यदेवको मुख्य भूमिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad