अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख एक अभिनेतामा प्रभातपाल ठकुरी अनुबन्धित भएका छन्। मोडल,अभिनेता प्रभातपाललाई ‘जदौ’ मा अभिनेत्री नीति शाहको जोडीका रुपमा देख्न पाइने छ।
निर्देशक सार्वजनीक नगरिएको फिल्मको लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन्।
यसअघि फिल्ममा मुकुन भुसाल,नीति शाह,ऋचा शर्मा र बिनोद न्यौपाने अनुबन्धित् भइसकेका छन्। सिनीयर कलाकारहरुसँग स्क्रिन शेयर गर्न पाउदा आफू निकै खुसी भएको र यसका लागि बिशेष तयारीमा जुटिसकेको प्रभातपालले बताए।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,सुमीत्रा देवकोटा र नारायण शास्त्री छन्।
बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले दिइन्।
बाबुल गिरीको संगीत अनि श्याम तामाङको छायांकन रहने फिल्म दाङ तथा प्युठानका विभिन्न स्थानमा खिचिनेछ। केही दिनमै प्रेसमिटमार्फत फिल्मबारे बिस्तृत जानकारी दिने तयारी निर्माण टिमले गरेको छ।
Shares

प्रतिक्रिया