जेठ ३० गतेबाट ‘अन्तर्राष्ट्रिय संगीत महोत्सव २०२६’ हुने भएको छ। नेपालको ऐतिहासिक महोत्सवमा अमेरिका, चीन, बङ्गलादेश, श्रीलंका, भारत र नेपालका संगीतका विशिष्ट विद्वानहरूबाट मञ्च प्रदर्शन र कार्यपत्र प्रस्तुति हुनेछन्।
ललित कला क्याम्पस भोटाइटीमा बिहान १० बजेबाट ३ बजेसम्म कार्यपत्रहरू प्रस्तुत हुनेछन्। साँझ ४ बजेदेखि ८ बजेसम्म श्रीराम चन्द्रमन्दिर बतिसपुतली को प्राङ्गणमा शास्त्रीय संगीतको प्रस्तुति हुनेछ। उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा काशी हिन्दू विश्वविद्यालय बनारकी डिन प्राध्यापक डाक्टर संगीता पण्डित, प्राध्यापक डाक्टर प्रविण उद्धव, प्राध्यापक डाक्टर राजेश शाह र प्राध्यापक निशान्त सिंह सहित अन्य कला विज्ञहरूको प्रस्तुति रहनेछ।
यसैगरी, नेपालका तर्फबाट विशिष्ट अतिथिका रूपमा वरिष्ठ गायक धनबहादुर गोपाली, प्रेमचन्द्र ओझैया, प्राध्यापक डा ध्रुवेशचन्द्र रेग्मी, अचुतराम भण्डारी, नवराज गुरुङ, सुरेश बज्राचार्य, डा.रमेश पोखरेल, डा. सीता थापा, मनमोहन थपलिया, अनन्त प्रजापति, लाबोनी चक्रवती सहित अन्य धेरै कलाविज्ञहरूको प्रस्तुति रहनेछ।
ललित कला क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा महोत्सवका संयोजक कृष्णकुमार खरेलले महोत्सव असार ३ गतेसम्म चल्ने बताए।
Shares

प्रतिक्रिया