मोहनलाल अभिनीत भारतीय फिल्म ‘दृश्यम-३’ हलमा प्रदर्शनरत छ। जितु जोसेफद्वारा निर्देशित यस फिल्मको कथालाई दर्शकले मन पराइरहेका छन्।
यसैबीच, ‘दृश्यम-३’ को ओटीटी रिलिजको विषय चर्चामा छ। यो फिल्म चाडै ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडिओमा आउनेछ।
फिल्मको रिलिजअगावै डिजिटल अधिकार सम्झौता भएको थियो। जुन कुरा फिल्मका निर्देशक जोसेफले एक अन्तर्वार्तामा क्रममा स्पस्ट पारे।
प्राइम भिडिओले सुरुवातदेखि नै यस फ्रेन्चाइजको मलयालम र हिन्दी भाषाको अधिकार राखेको छ। फिल्महरूको लागि ओटीटी सम्झौता भविष्यमा पनि उनीहरूसँगै रहनेछ।
यो फिल्म गत २१ मेबाट सिनेमा हलमा रिलिज भएको थियो। हल रिलिज भएको लगभग ३५-४० दिनपछि अनलाइन स्ट्रिम गरिने बताइएको छ। जसअनुसार ‘दृश्यम-३’ जुलाईको पहिलो हप्तामा ओटीटी प्लेटफर्ममा हेर्न पाइनेछ।
यस फिल्ममा मोहनलालले आफ्नो चर्चित पात्र ‘जर्जकुट्टी’ को भूमिकामा छन्। यस फिल्मले घरेलु बक्स अफिसमा ११० करोड भारतीय रुपैयाँ कमाएको छ। त्यस्तै, विश्वभरि भने फिल्मको कमाइ २५० करोड भारु नजिक पुगेको छ।
सन् २०१३ मा रिलिज भएको ‘दृश्यम’ मलयालम फिल्मको लागि कोसेढुंगा साबित भयो। यसको दोस्रो भाग सन् २०२१ मा रिलिज भएको थियो। जुन पनि निकै हिट भयो।
यस फिल्मलाई हिन्दीमा पनि रिमेक गरिएको छ, जसमा अजय देवगन मुख्य भूमिकामा देखिँदै आएका छन्। जसले पनि दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो।
Shares

प्रतिक्रिया