समाज


बिमाको प्रथम सेवा विन्दुबारे जानकारी गराउन स्थानीय तहलाई बोर्डको आग्रह

बिमाको प्रथम सेवा विन्दुबारे जानकारी गराउन स्थानीय तहलाई बोर्डको आग्रह

नेपालखबर
असार २९, २०८२ आइतबार १७:२२, काठमाडौँ

स्वास्थ्य बिमा बोर्डले बिमाको प्रथम सेवा विन्दुको आवश्यक जानकारी गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ। 

बिमा बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै सबै स्वास्थ्य बिमाको प्रथम विन्दु भएर स्वास्थ्य सेवा दिन चाहाने स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूले जानकारी गराउन आग्रह गरेको हो।

बोर्डले साउन १ गतेदेखि सरकारी स्वास्थ्य संस्थाहरूबाट मात्र प्रथम सेवा विन्दु तोकेपछि बिमितहरूलाई समस्या हुने गुनासो आए पछि बोर्डले आज यस्तो सूचना प्रकाशन गरेको हो। 

स्वास्थ्य बीमा ऐन, २०७४ (प्रथम संशोधन, २०८२) को दफा ९ को उपदफा (६)बमोजिम प्रथम सेवा विन्दु प्रयोजनकालागि प्रत्येक स्थानीय तहमा कम्पनीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने व्यवस्था रहेको छ।

‘सोही व्यवस्थाबमोजिम स्थानीय तहअन्तर्गतका कुन–कुन सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु आवश्यक पर्ने हो र प्रथम सेवा विन्दुमा लागि अपुग भएका मापदण्ड कति समयमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा बीमा बोर्डलाई जानकारी गराउन हुन निर्णया अनुसार अनुरोध गरिन्छ’, सूचनामा उल्लेख गरिएको छ। 

तहाँ स्थानीय तहबाट प्राप्त हुने प्रथम सेवा विन्दुको माग र प्रस्तावित प्रथम सेवा विन्दुको न्यूनतम अपुग मापदण्ड एक महिनाभित्रमा पुरा गर्ने प्रतिबद्धता समेतको आधारमा स्वास्थ्य बीमा बोर्डले नयाँ प्रथम सेवा विन्दु थप गर्ने सम्बन्धमा आवश्यक निर्णय लिने बोर्डले जनाएको छ। 

बोर्डले साउन १ गते देखि सरकारी स्वास्थ्य संस्थाहरूलाई मात्र प्रथम सेवा विन्दु राख्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad