कला


‘मैसा’ मा रश्मिकाको अवतार सार्वजनिक

‘मैसा’ मा रश्मिकाको अवतार सार्वजनिक

नेपालखबर
असार १३, २०८२ शुक्रबार १४:४८, काठमाडौँ

भारतीय अभिनेत्री रश्मिका मन्दना केही समयदेखि एकपछि अर्को हिट फिल्म दिइरहेकी छिन्। पुष्पा, एनिमल, पुष्पा २ र छावा पछि नयाँ फिल्ममा देखिन लागेकी हुन्।

रश्मिकाको मुख्य भूमिकामा फिल्म ‘मैसा’ को घोषणा गरिएको छ। एक पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणासँगै उनको पहिलो लुक सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा रश्मिकालाई योद्धा अवतारमा देख्न सकिन्छ। रश्मिकाको आँखामा क्रोध, हातमा रगतले भिजेको हतियारसहित उनी बलियो देखिन्छिन्। यस पोस्टरमा योद्धा अवतारसँगै रातो साडी र चाँदीको गहनामा उनको परम्परागत स्पर्श पनि देखिन्छ।

पोस्टर सेयर गर्दै रश्मिका लेख्छिन्, ‘म सधैं तपाईंलाई केही नयाँ, केही फरक, केही रोमाञ्चक दिने प्रयास गर्छु र यो ती मध्ये यो एक हो। मैले पहिले कहिल्यै नखेलेको पात्र। मैले कहिल्यै नगएको संसार र मैले पहिले कहिल्यै नभेटेको मेरो पक्ष। यो उग्र छ, यो तीव्र छ र यो एकदमै नयाँ छ।’

यस फिल्ममा काम गर्न उत्साहिकसहित नर्भस रहेको उनको भनाइ छ। यो फिल्म हिन्दी, तमिल, कन्नड, तेलुगु र मलयालम भाषामा रिलिज हुनेछ। फिल्मको रिलिज मिति अझै घोषणा गरिएको छैन। रविन्द्र पुलेले निर्देशन गर्ने फिल्मलाई अजय र अनिल सय्यपुरेड्डीले निर्माण गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad