कोशी


विराटनगरमा चोरीका ३ लाखसहित ३ भारतीय महिला पक्राउ

विराटनगरमा चोरीका ३ लाखसहित ३ भारतीय महिला पक्राउ

चोरीका ३ लाखसहित विराटनगरमा पक्राउ परेका ३ भारतीय महिला।


नेपालखबर
असार १३, २०८२ शुक्रबार १४:५२, विराटनगर

विराटनगरमा प्रहरीले चोरीको ३ लाख रुपैयाँसहित तीनजना भारतीय महिलालाई पक्राउ गरेको छ। 

मोरङ जिल्ला प्रहरी कार्यालयका डीएसपी कोपिला चुँडालका अनुसार भारत पूर्णियाका २४ वर्षीय प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामीलाई पक्राउ गरिएको हो।

मोरङको कटहरी गाउँपालिका-१, बुधहाटमा बिहीबार दिउँसो विराटनगरबाट कटहरी जाँदै गरेको सिटी सफारीमा शंका लागेर चेकजाँच गर्दा तीनै जनाको साथबाट जनही १ लाखका दरले रकम बरामद भएको डीएसपी चुँँडालले जानकारी दिइन्।

अनुसन्धानका क्रममा उनीहरूले मोरङको कटहरी गाउँपालिका-४ निवासी ७० वर्षीय नारायणप्रसाद काफ्लेले बैंकबाट निकालेको रकम चोरी गरेको पाइएको दाबी प्रहरीले गरेको छ। गम्भीर रोगबाट पीडित काफ्ले उपचार गराएर घर फर्कँदै गर्दा चोरीमा परेको प्रहरीको भनाइ छ। 

यो समूह लामो समयदेखि विराटनगर बजारमा चोरीमा संलग्न रहेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी चुँडालले बताइन्

प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी चोरी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थपेर उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad