अभिनेता सोनम तोप्देनको खुट्टा भाँचिएको छ। फिल्म ‘ऐरी’ फिल्म छायांकनको क्रममा उनको खुट्टा भाँचिएको हो।
देब्रे खुट्टाको गोली गाँठोभन्दा केही माथिबाट भाँचिएपछि अहिले उनको पोखराको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। तोप्देन स्वयमले आफू घाइते भएकोबारे जानकारी दिएका हुन्।
ढोरपाटनमा छायांकन भैरहेको फिल्मको फाइटको दृश्य खिच्ने क्रममा उनलाई चोट लागेको हो। सोनम र प्रदीप खड्काको फाइटको दृश्य खिच्नुपर्ने थियो।
प्रदीपले रुखमाथिबाट हामफालेर उनलाई किक हान्नुपर्ने दृश्य खिच्दा दुर्घटना भएको हो।
५ दिनअघि भएको यस दुर्घटनापछि सोनमलाई हेलिकोप्टरबाट पोखरा लगिएको थियो। उनी अहिले अस्पतालमा बसेर उपचार गराइरहेका छन्।
गायकसमेत रहेका तोप्दन पछिल्लो पटक फिल्म ‘शाम्बाला’ देखिएका थिए। यस फिल्मबाट उनी देशविदेशमा चर्चित बनेका छन्।
Shares

प्रतिक्रिया