राजनीति


कार्यवाहक नदिएरै बयान दिन गए माधव नेपाल

कार्यवाहक नदिएरै बयान दिन गए माधव नेपाल

बयान दिन पुगेका माधवकुमार नेपाल


नेपालखबर
असार ११, २०८२ बुधबार १३:१५, काठमाडौँ

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज बुधबार विशेष अदालतमा बयान दिन गएका छन्। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको भन्दै जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाललाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी बयान दिन गएका हुन्। 

उनीविरुद्ध मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ। त्यसआधारमा मुद्दाको अन्तिम किनारा नलागेसम्म उनले कार्यवाहक अध्यक्ष तोकेर पार्टीको दैनिक कार्यसञ्चालन गर्ने नेताहरू बताउँथे। तर, त्यसो भएन, मुद्दा दायर भएको १९ दिन भइसक्दा पनि उनले कार्यवाहक तोकेका छैनन्।

बुधबार विशेष अदालतमा बयान दिन जाँदा पनि उनले अध्यक्ष पद आफैँसँग राखेर गरेका छन्। एकीकृत समाजवादीका एक पदाधिकारीले पार्टीले कार्यबाहक तोक्न हतार नगर्ने तयारी गरेको सुनाए। 

‘कार्यवाहक तोकेर मात्र के हुने हो र?’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘संसद्ले निलम्बन गरेकै छ, पार्टीको कुरा हो, पार्टीलाई आफ्ना अध्यक्षसँग विश्वास भएसम्म किन कार्यबाहक तोकिराख्नुपर्‍यो भन्ने माधव कमरेडको भनाइ छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad