हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा अप्सरा आमाको भूमिकामा देखिएकी कलाकार लक्ष्मी श्रेष्ठ अस्वस्थ भएकी छिन्। स्तन क्यान्सरबाट रोगबाट पीडित उनी ओछ्यानमा थलिएकी हुन्।
गएको दसैँदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। तर, डाक्टरले उपचार सम्भव नभएको भन्दै दुई साताअघि घर फर्काइदिएको थियो।
काठमाडौंको कपन बालुवाखानीस्थित घरमा रहेकी लक्ष्मीको छोरीले रेखदेख गरिरहेकी छन्। दुई सातादेखि उनलाई एकदमै गाह्रो भएको परिवारले जनाएको छ। उनको औषधि छुटाइसकेको र झोल खानेकुराबाहेक खाना खान छाडेकी छन्।
बिरामी परेपछि उनले आफूसँग सहकार्य गरेका कलाकारहरू भेट्ने चाहना गरेकी थिइन्। उनलाई भेट्न सीताराम कट्टेल धुर्मुस सहित कुञ्जना घिमिरे सुन्तली घरमै पुगेका भेटेका थिए। साथै अन्य कलाकारहरुले समेत उनलाई भेट्न पुगेका थिए।
‘मेरी बास्सै’ मा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्ने खड्काजीको श्रीमती (अप्सरा आमा) को भूमिकामा देखिएकी थिइन्। छुच्चो भूमिकामा अभिनय गरेकी अप्सरा आमा र खड्काजीको जोडिलाई निकै रुचाइएको थियो।
साथै लक्ष्मीले जिरे खुर्सानी, कान्छीसहित थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी छिन्।
Shares

प्रतिक्रिया