चितवनस्थित नारायणी नदीमा बगेका पुरुषको जीवितै उद्धार गरिएको छ। आज आइतबार भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदिमा बग्दै आएका पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्वार गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
अन्दाजी ४०/५० वर्षीय पुरुष नारायणी नदिमा माथिबाट बग्दै आएको देख्नासाथ सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट खटिएको प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरेको हो।
उद्वार पश्चात उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवतर्फ पठाएको छ। उनको अवस्था सामान्य रहेको तर उनको नाम र ठेगाना भने खुलेको छैन।
111
Shares

प्रतिक्रिया