कला


प्रदर्शनको सय दिनमा ‘अञ्जिला’, कति कमायो अहिलेसम्म?

प्रदर्शनको सय दिनमा ‘अञ्जिला’, कति कमायो अहिलेसम्म?

नेपालखबर
असार ६, २०८२ शुक्रबार १४:३१, काठमाडौँ

गत वर्ष फागुन २९ गते रिलिज भएको फिल्म ‘अञ्जिला’ निरन्तर प्रदर्शन भएको सय दिन पुगेको छ।

शुक्रबार १००औँ दिनमा प्रवेश गरेको फिल्म सात हलमा प्रदर्शन भइरहेको छ।

काठमाडौँको क्यूएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौँकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स हलमा यो फिल्म चलिरहेको छ।

चलचित्रका निर्देशक मिलन चाम्सले सबै दर्शकप्रति आभार व्यक्त गरे। उनले अझै पनि दर्शकबाट निरन्तर साथको अपेक्षा गरे।

‘अञ्जिला’ २०८१ को सर्वाधिक कमाइ गर्ने फिल्मको पाँचौँ स्थानमा परिसकेको छ।

हालसम्म यस चलचित्रले १२ करोडमाथिको व्यापार गरिसकेको छ।

यो फिल्म राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ।

यसमा एन्जिला आफैँ प्रमुखमा भूमिकामा छिन्।

साथै फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad