जेठ ९ गतेदेखि प्रदर्शन भइरहेको महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ले एक करोड रुपैयाँको व्यापार गरेको छ।
फिल्मले ३ दिनमा १ करोड रुपैयाँको व्यापार गरेको फिल्म वितरक करण श्रेष्ठले जानकारी दिएका हुन्।
‘यस फिल्मले तीन दिनमा १ करोड कमाएको छ। जुन राम्रो कमाइ हो। किनकि यतिखेर अरु नेपाली फिल्मसहित विदेशी फिल्मले पनि राम्रै गरिरहेका छन्। जसले पनि शो बाडिनु स्वाभाविक हो। प्राप्त शोअनुसार हिजो र आज पनि अकुपेन्ची राम्रै छ’, उनले भने।
यस फिल्ममार्फत हमालले आठ वर्षपछि फिल्म अभिनयमा कमब्याक गरेका हुन्।
क्रियटिभ सिने आर्ट्सको ब्यानरमा बनेको फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ।
दीवाकर भट्टराई यस फिल्मका लेखक तथा निर्देशक हुन्।
यस फिल्ममा राजेशसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजीवजंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारको अभिनय छ।
Shares

प्रतिक्रिया